जीपको ठक्करबाट तुम्लिङटारमा तीन वर्षीया बालिकाको मृत्यु


संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका-९ मा पर्ने तुम्लिङटारमा जीपले ठक्कर दिँदा तीन वर्षीया बालिकाकोे ज्यान गएको छ । आज शनिबार बिहान एघार बजे भएको दुर्घटनामा परि उनको ज्यान गएको हो ।

तुम्लिङटार विमानस्थल जाने ट्राफिक चोक नजिकै बा २० च ९५०२ नम्बरको जीपले पैदल यात्री भोजपुरको षडानन्द–५ की भूमिका विष्टको छोरी वर्ष ३ की मनिषा विष्टलाई बाटो काट्ने क्रममा ठक्कर दिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनामा परि घाइते भएकी बालिकाको उपचार क्रममा मनकामना अस्पतालमा ज्यान गएको हो । बालिकाको टाउको तथा बायाँ हातमा चोट लागेकाे थियाे । ड्राइभर गोविन्द श्रेष्ठ र जीप प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

प्रतिक्रिया