पृथ्वी राजमार्गमा बस र माइक्रो एक आपसमा ठोक्किँदा १६ घाइते


चितवन – पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विङ्गनर (माइक्रो) गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् ।

काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको विङ्गनर गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएको हो ।

दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङ्गनरका चालक घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए । घटना आज साँझ ५ः२० वजे भएको हो ।

प्रतिक्रिया