

प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

विराटनगर – प्रदेश १ को नामकरणबारे छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सभामुख भण्डारीले साउन ६ गतेका लागि बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।
सातमध्ये अन्य प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन् । प्रदेश १ मा भने दलहरूबीच प्रदेश राजधानी र नामकरणको विषयमा सहमति जुट्न सकेको छैन । दलहरू आ–आफ्नै अडान लिइरहेका छन् ।

