
कलैया उपमहानगरपालिकाले हटायो ४३ करार कर्मचारी
वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिकाले करार र ज्यालादारीमा काम गर्दै आएका ४३ जना कर्मचारीलाई सेवाबाट हटाएको छ ।
योजना तथा प्रशासन प्रमुख मुस्ताक अन्सारीका अनुसार आइतबारदेखि करारतर्फका ३९ र दैनिक ज्यालादारीमा काम गर्दै आएका ४ जना कर्मचारीको सेवा अन्त्य भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले असार ३१ गते नै सूचना जारी गर्दै उनीहरुलाई साउन १ गतेदेखि काममा नआउन जानकारी गराएका थिए ।
करार तथा ज्यालादारी कर्मचारीलाई भने ०७९ साउन १ गतेदेखि कामकाजमा नलगाउने निर्णय भएको पत्रमा उल्लेख छ । वीरगञ्ज महानगरपालिकाले पनि ६४ जना दैनिक ज्यालादारी कर्मचारी हटाएको थियो ।




कागजपत्र |
