

जसपा विवाद : कार्यकारिणी सदस्य को कता ?

काठमाडौँ- जसपा उपेन्द्र यादव पक्षको वीरगन्ज बैठकमा २० जना कार्यकारिणी सदस्य सहभागी भएको दाबी गरिएको छ । केन्द्रीय सदस्य पूर्ण बस्नेतले ३२ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका २० जना वीरगन्ज बैठकमा सहभागी भएको दाबी गरे ।
यस्तै ४९९ को केन्द्रीय समिति मध्ये वीरगन्ज बैठकमा ३०७ जना केन्द्रीय सदस्य उपस्थित भएको उनको भनाइ छ । उनले ७ कार्यकारिणी समिति सदस्य बाबुराम भट्टराई पक्षमा र ५ जना दुवै बैठकमा अनुपस्थित रहेको जिकिर गरे ।
उनका अनुसार कार्यकारिणी सदस्य परशुराम खापुङले प्रदेश नम्बर १ को प्रदेश प्रमुख र नवराज सुवेदीले साउदी अरबको राजदूत भएपछि पार्टीबाट राजीनामा गरेका थिए ।
वीरगन्ज बैठकमा भाग लिने कार्यकारिणी सदस्यहरुः
१ उपेन्द्र यादव
२ अशोक राई
३ राजेन्द्र श्रेष्ठ
४ रकम चेम्जोङ
५ रेणु यादव
६ गोविन्द चौधरी
७ सुशीला श्रेष्ठ
८ रामसहाय प्रसाद यादव
९ रणध्वज कन्दङवा
१० लालबाबु राउत
११ मृगेन्द्रसिंह यादव
१२ परशुराम बस्नेत
१३ युवराज कार्की
१४ विजय यादव
१५ मोहम्मद इस्तियाक राई
१६ प्रकाश अधिकारी
१७ गजाधर यादव
१८ शिवलाल थापा
१९ मनिष सुमन
२० नोवलकिशोर साह ।
भट्टराई जडिबुटी बैठकमा भाग लिने कार्यकारिणी सदस्यहरुः
१ डा बाबुराम भट्टराई
२ हिसिला यमी
३ महेन्द्र राय यादव
४ गंगानारायण श्रेष्ठ
५ डम्बर खतिवडा
६ प्रशान्त सिंह
७ रमेश यादव
कतै भाग नलिएका कार्यकारिणी सदस्यहरुः
१ हेमराज राई
२ भक्तबहादुर साह
३ दुर्गा सोव
४ राजकिशोर यादव
५ अमृता अग्रहरी ।
यादव पक्षको वीरगन्ज बैठकले भट्टराईसहित ९ जनालाई पार्टीबाट निष्काशनको घोषणा गरेको थियो । यससँगै शुक्रबार एक विज्ञप्तिमार्फत भट्टराईले आफूहरुको सामू अब पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका थिए ।
‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौंं । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन ।’
भट्टराईले पार्टी रुपान्तरणका लागि अनवरत रूपमा खटिएका केन्द्रीय सदस्यहरूलगायत सबैलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल पनि गरेका छन् ।

