
अपर तामाकोसीले १० अर्ब ५९ करोडको हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं – राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बिहीबार (असार ३० गते)बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
बैठकले यो प्रस्ताव स्वीकृतीका लागि १४औं वार्षिक साधारणसभामा पेस गर्ने निर्णयसमेत गरेको छ । हाल अपर तामाकोसीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । हकप्रद सेयरपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।



कागजपत्र |
