धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना


काठमाडौं – काठमाडौं महानगरपालिकाले धोबी खोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना लिएको छ । आइतबार र सोमबार सामाजिक सञ्जालमा डोजरको सहायताले धोबीखोलामा फोहोर फालिरहेको भिडियो सार्वजनिक भएपछि महानगर एक्सनमा उत्रँदै फोहोर उठाउने कम्पनीलाई उक्त जरिवाना गरेको हो ।

महानगरले यस्ता किसिमका कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी भएको बताउँदै यस्तो कार्यको भिडियो सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिएकोमा धन्यवादसमेत ज्ञापन गरेको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अनुरोध गर्दै आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध पनि गरेको छ ।

महानगरले प्राक्लिकर वेस्ट सोलुसन प्रालि कम्पनीलाई प्रशासनिक दण्ड, जरिवा र जफत विवरणमा रु २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

 

 

प्रतिक्रिया