

श्रीलंका संकट: शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन

उनले श्रीलंकालीहरूलाई देशमा शान्ति कायम गर्न सशस्त्र बल र प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।
शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको ठूलो समूह राष्ट्रपति निवास प्रवेश गरेको थियो । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सुरक्षाकर्मीले सुटुक्क सुरक्षित क्षेत्रतर्फ लगेको थियो । राष्ट्रपतिले १३ जुलाईमा राजीनामा दिने घोषणा गरेका छन् ।

