करेन्ट लागेर कपिलवस्तुमा युवतीको मृत्यु


कपिलवस्तु – करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ ।

कपिलवस्तुको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया