माओवादी केन्द्रको बैठक : आज प्रचण्डले जवाफ दिने


काठमाडौं- नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा आइतबार प्रस्तुत् भएको प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन्।

आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटी गठनको सम्भावना पनि रहेको नेताहरुले बताएका छन्। यही बैठकबाट पदाधिकारी चयनका लागि नेतृत्वलाई केन्द्रीय सदस्यहरुले दबाब दिइरहेका छन्।

प्रतिक्रिया