पहिरोमा परेर दार्चुलामा १ जनाको मृत्यु


दार्चुला – नौगाड गाउँपालिका-६ मा पहिरोमा परेर शनिबार एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर परिगाउँका २१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर एवम् सूचना अधिकारी राजेश शाहीका अनुसार बेलुकी करिब ५ बजे भटडाँडाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी खटिएको छ ।

प्रतिक्रिया