
राप्रपाको केन्द्रीय समिति बैठक साउन ५ र ६ गते बस्ने
काठमाडौं- राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उमेदवार छनौटको मापदण्ड, संगठन सुदृढीकरण लगायतका एजेण्डामा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।



कागजपत्र |
