एकान्तकुनामा डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बन


काठमाडौं – ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्।

ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मङ्गलवार निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनले पुलचोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए।

आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो।

प्रतिक्रिया