शंकर पोखरेल भन्छन् – सत्ता गठबन्धनले चुनाव जित्न प्रहरी प्रशासनको दुरुपयोग गर्‍यो


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले प्रहरी प्रशासनको दुरुपयोग गरेको बताएका छन्। नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रम सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले स्थानीय चुनावमा गठबन्धनले प्रहरी प्रशासनको चरम दुरुपयोग गरेको बताएका हुन्।

पोखरेलले भने, ‘सबैका लागि समान व्यवहार गर्नुपर्ने सीडीओ कार्यालयहरु सत्ता गठबन्धनको विवाद निरुपण गर्ने कार्यालयका रुपमा प्रयोग भएको रीपोर्ट पनि हामीले प्राप्त गर्‍यौं। कुन ठाउँमा को उम्मेदवार खडा गर्ने भनेर गठबन्धनले सुरक्षा निकायसँग छलफल गरेको पनि कुरा प्राप्त गर्‍यौं। सत्ता गठबन्धनले चुनावमा प्रहरी प्रशासनको दुरुपयोग गर्‍यो।’

उम्मेदवारहरू उठाउँदा सरकारले आफ्ना कार्यकर्तालाई नसोधी सुरक्षा निकायसँग सोधेको पोखरेलले बताए।

प्रतिक्रिया