
पुरस्कारका लागि आवेदन दिन पत्रकारलाई गृह मन्त्रालयको आग्रह
काठमाडौं- गृह मन्त्रालयले पुरस्कारका लागि आवेदन दिन पत्रकारहरूलाई आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेस गर्न भनेको हो।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा लागुऔषधको क्षेत्रमा उत्कृष्ट समाचार लेखन तथा रिपोर्टिङ्ग गर्ने तीनजना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। यसका लागि इच्छुक पत्रकारलाई असार १० गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन गृह मन्त्रालयले सूचना प्रकाशित गरेको हो।




कागजपत्र |
