६ घण्टा अवरुद्ध भएकाे नारायणगढ-मुग्लिन सडक खुल्याे


चितवन – पहिरोका कारण ६ घण्टा बढी अवरुद्ध भएकाे नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । आज बिहान ११ः३५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाएर अहिले साँझ ५ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पहिरोका कारण पटक पटक सडक अवरुद्ध भएपछि यात्रुले हैरानी बेहोर्दै आएका छन् । घण्टौं जाम हुने र चर्को गर्मीले यात्रुहरुलाई निकै सकस हुने गरेको छ ।

प्रतिक्रिया