मुग्लिङ-आँबुखैरेनी सडक खण्ड एकतर्फी सञ्चालनमा, सबै प्रकारका सवारी चल्ने


तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडक खण्ड एकतर्फी रुपमा खुला गरिएको छ ।

करिब ३ मिटर पहरो काटेर एकतर्फी बाटो सञ्चालनमा ल्याइएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिएका छन् । उनका अनुसार उक्त खण्डमा साना र ठूला सबै प्रकारका सवारी साधन जतिखेर पनि चल्न सक्नेछन् ।

गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित मर्स्याङ्दी विद्युत्‌गृह नजिकै सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।

राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी खण्ड खुल्ला भए पनि याँम्फाफाँटदेखि घाँसीकुवा खण्डमा भने राति ११ देखि बिहान ४ बजेसम्म यातायात बन्द रहने छ । मुग्लिङ-पोखरा सडकखण्ड चार लेनको बनाउन भन्दै यसअघि नै रातिको समयमा यातायात चलाउन रोकेको थियो ।

प्रतिक्रिया