रुसविरुद्ध युक्रेनको पक्षमा युद्ध लड्न आएका विदेशीलाई ताेकिएको मृत्युदण्ड नउल्टिने


काठमाडाैं – रुसविरुद्ध युक्रेनको पक्षमा लड्न आएका दुई बेलायती र एक मोरक्कन सैनिकलाई दिइएको मृत्युदण्डको सजाय नउल्टिने डोनेत्स्क जनगणतन्त्रका प्रमुख डेसिन पुशिलिनले बताएका छन् ।

ती भाडाका विदेशी सैनिकको सजाय उल्ट्याउने कुनै आधार नरहेको पुशिलिनको भनाइ छ । डोनेत्स्कको सर्वोच्च अदालतले बेलायती सैनिकहरू सीन पिन्नर र आइडन आस्लिनका साथै मोरक्कोका सादौन ब्राहिमलाई मृत्युदण्डको सजाय दिएको छ ।

युक्रेनको पक्षबाट डोनबासमा लडेका उनीहरूलाई युद्धबन्दीको नियम लागू नहुने रुसी र डोनेत्स्कका अधिकारीहरूको भनाइ छ । कतिपयले चाहिँ डोनेत्स्क जनगणतन्त्रलाई बेलायतले मान्यता दिएमा दुई बेलायतीको ज्यान बच्न सक्ने सुझाव दिएका छन् । एजेन्सी

प्रतिक्रिया