बोक्सीको आरोपमा दुई वृद्धामाथि कुटपिट


महोत्तरी – महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ ।

जलेश्वर नगरपालिका-६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा  छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको  मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ ।

प्रतिक्रिया