
सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र जापानी राजदूत यूताकाबीच भेट
काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र जापानी राजदूत एचई श्री किकुता यूताकाबीच भेटवार्ता भएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा प्रहरी महानिरीक्षक अर्याल र राजदूत युताकाबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा महानिरीक्षक अर्यालले नेपाल र जापान दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको र एक अर्कामा सहकार्य गर्दै काम गरेको स्मरण गरेका थिए ।
भेटावार्तामा महानिरीक्षक अर्यालले नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहेको बताउँदै विपद् व्यवस्थापनमा समेत अहम भूमिका निर्वाह गरिरहेको बताएका थिए । उनले जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावन रहेको समेत बताएका थिए ।
सोही अवसरमा जापानी राजदूत यूताकाले नेपाल र जापानबीचको सम्बन्ध प्रगाढ रहेको बताउँदै नेपाललाई सधै सहयोग गर्न तयार रहेको बताएका थिए । भेटावार्तमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालन र विपद् व्यवस्थापनमा जापान र नेपालको अवस्था तथा सहकार्यको सम्भावनहरुबारेमा समेत कुराकानी भएको थियो ।
उक्त भेटवार्ता कार्यक्रममा जापानी राजदूतावासका केन्जी योसमुरा र डा. शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायव महानिरक्षिक बिदुर खड्काको समेत सहभागीता रहेको थियो ।



कागजपत्र |
