पैगम्बरबारे विवादास्पद टिप्पणीको विरोधमा भारतका विभिन्न सहरमा विरोध, राँचीमा दुईको मृत्यु


काठमाडौं – गत महिना भाजपाका तत्कालीन राष्ट्रिय प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेको विषयमा शुक्रबार भारत विभिन्न भागमा विरोध प्रदर्शन भयो । शुक्रबारको नमाजपछि देशका धेरै सहरमा विरोध प्रदर्शन सुरु भएको थियो ।

कैयौँ स्थानमा विरोध प्रदर्शन हिंसात्मक बनेको थियो । दिल्ली, उत्तर प्रदेश, पश्चिम बंगाल, तेलंगाना, महाराष्ट्र, झारखण्ड र जम्मु कश्मीरमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा केही स्थानको भिड अराजक भएपछि प्रहरी र प्रदर्शनकारीबीच धेरै सहरमा झडप भएको छ ।

‘टाइम्स नाउ’ टिभीको एक अन्तरवार्ता शोका क्रममा नुपुर शर्माले पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ । भारतको समाचार एजेन्सी एएनआईका अनुसार राँचीको रिम्स अस्पतालका अधिकारीले अस्पतालमा ल्याइएका घाइतेमध्ये दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

राँचीमा प्रदर्शनकारी भिडले ढुङ्गा प्रहार गरेको थियो भने धेरै सवारी साधनमा आगजनी तथा तोडफोड गरेको थियो । यस क्रममा कैयौं मानिस घाइते भएको खबर आएको छ । घटनालाई ध्यानमा राख्दै, जिल्ला प्रशासनले राँचीको हिंसा प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको थियो । त्यसपछि मात्र स्थिति केही नियन्त्रण आएको थियो ।

दिल्लीको जामा मस्जिद बाहिर पनि ठूलो विरोध प्रदर्शन भएको थियो । पश्चिम बंगालको हावडाका विभिन्न सहर, नवी मुम्बई र महाराष्ट्रको सोलापुर, उत्तर प्रदेशमा मानिसहरू सडकमा उत्रिए । हैदरावादको मस्जिद बाहिर पनि प्रदर्शनकारीहरू भेला भएपछि शान्ति कायम गर्न भारी प्रहरी बल तैनाथ गरिएको थियो । प्रहरीले हिंसात्मक कार्यमा संलग्न सयौँलाई पक्राउ गरेको बताएको छ ।

यो हप्ता धेरै अरब देशहरूले भाजपा पूर्व प्रवक्ताको पैगम्बर मोहम्मदबारे आपत्ति जनाए । केही देशले तिनका देशमा रहेका भारतीय राजदूतलाई बोलाइएको असन्तुष्टि व्यक्त गरेका थिए । ती प्रतिक्रियाहरू पछि भाजपाले नुपुर शर्मा लगायत र भाजपाका दिल्ली मिडिया सेल प्रमुख नवीन जिन्दललाई पार्टीबाट निष्कासित गरेको छ । तर यी कदमले पनि असन्तुष्टिलाई मत्थर गर्न सकिने । मुस्लिम समुदायका धेरै नेता तथा सङ्गठनहरूले नुपुर शर्मा र नवीन जिन्दललाई पक्राउ गर्न माग गरिरहेका छन् ।

बुधबार दिल्ली प्रहरीले यस विषयमा दुई एफआईआर दर्ता भएको थियो । एउटा एफआईआर नुपुर शर्मा विरुद्ध छ भने दोस्रो एफआईआर एआईएमआईएमका प्रमुख असदुद्दीन ओवैसी लगायत विवादास्पद महन्त यति नरसिम्हानन्द सहित ३१ अन्य विरुद्ध दर्ता गरिएका छन् ।बीबीसी हिन्दी

प्रतिक्रिया