सञ्चालनमा आयाे नारायणगढ–मुग्लिन सडक


चितवन – नारायणगढ-मुग्लिन सडक खण्डमा पहिराले बन्द भएकाे सडक फेरि सञ्चालनमा आएकाे छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा आज शुक्रवार बिहान पाैने ९ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधवार रातिदेखि पहिराेका कारण याे सडक पटक–पटक बन्द हुँदै आएको छ ।

गाडीकाे लामो लाइन भएका कारण सडक खण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ । सडक खुले पनि पहिराेकाे जाेखिम कायमै रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया