नेपाली सेनाको मुख्यालयमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन (फोटोफिचर)


काठमाडौँ – नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७ को अवसरमा सोमबार भद्रकालीस्थित ज‌ङ्गीअड्डामा आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्‍त्वपूर्ण जानकारी रहेको पनि सेनाले जनाएको छ ।

कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

फोटो स्रोत : सेनाको फेसबुक

प्रतिक्रिया