


जसपा अध्यक्ष यादवले तराईमा चीनको प्रभाव बढाउन चार करोड लिएको खुलासा, को हुन् मध्यस्तकर्ता?

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराईमा चिनियाँ प्रभाव बढाउनका लागि चार करोड लिएको दाबी गरिएको छ। यसका लागि चिनियाँ एजेन्टले उनलाई भैरहवामा दुई साता अघि भेटेको पनि दाबी गरिएको छ।
उच्च स्रोतका अनुसार २९ डिसेम्बरमा यादवले उक्त रकम हात पारेका हुन्। चीनसँग नजिक रहेका अरनिको कन्ट्रक्सनका मालिक मनोज मान श्रेष्ठले उक्त रकम यादवलाई दिएको खुलेको हो। जनता समाजवादी पार्टीको एउटा कार्यक्रममा भैरहवामा पुगेका बेला होटल मयुर्यामा यो रकम लिएका यादवले चिनियाँ प्रभावलाई तराई क्षेत्रमा सक्रिय पार्नका लागि लिएको स्रोतको दाबी छ।
यादव समाजवादी पार्टीका कार्यकर्तालाई सम्बोधनका लागि भैरहवा पुगेका थिए। ‘यादवले जसपाका अन्य नेतालाई कुनामा राखेर गोप्य रुपमा रकम लिएका छन्’, स्रोतले दाबी गरेको छ।
चीनका तर्फबाट मध्यस्तता गर्ने श्रेष्ठले तराई क्षेत्रको प्रभावका निम्ति यादवको प्रयोग गरेको बताइएको छ। श्रेष्ठ क्षेत्रपार्टी स्वतन्त्र अस्पताल, काठमाडौं अल्ट्रासाउन्ड क्लिनिक, क्षेत्रपाटी क्लवका अध्यक्ष हुन्। उनी चिकित्सा पेशामा रहँदा काठमाडौं मोडल अस्पतालमा पनि कार्यरत थिए। श्रेष्ठले चिनियाँ प्रशासनसँगको सम्बन्ध भने बेइजिङस्थित मेडिकल विश्वविद्यालयमा अध्ययनका क्रममा बनाएका थिए।

