
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, मन्त्रालयगत छलफल चल्ने
काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक- २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ।
प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची छ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।



कागजपत्र |
