एआईजी सुवेदीले सम्हाले सिआईबीको कमाण्ड


काठमाडौं – प्रहरी नायव महानिरीक्षक (डिआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका उत्तमराज सुवेदीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को कमाण्ड समहालेका छन् ।

मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले एआईजीमा बढुवा भएका सुवेदीलाई सिआईजी पदस्थापन गरिएसँगै बिहीबार कमाण्ड सम्हालेका हुन् ।

एआईजी सुवेदीसहितका अधिकृतहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रतिक्रिया