नेकपा ओली समुहको केन्द्रीय कमिटीमा १५ सय १ सदस्य


काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा ओली समुहका अध्यक्ष केपी शर्मा आलीले पार्टी विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाएका छन् । यसअघि गत पुस ७ गते बालुवाटारमा बसेको ओलीपक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

त्यतिखेरै ओलीले ५ सय ९६ जनालाई मनोनयन गरेर १ सय ९६ सिट रिक्त राखेका थिए । तर यही पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ ।

‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, निर्देशिकामा उल्लेख छ ।

अन्तरपार्टी निर्देशिका अनुसार ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेका हुन् ।

पार्टी विभाजनलाई प्रोत्साहन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएसँगै अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि निर्देशिकामा उल्लेख छ ।

तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा प्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्ने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया