मानवभक्षी बाघ नियन्त्रणको माग गर्दै जगतपुर र घैलाघारीबासी आन्दोलित


चितवन – बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएकोमा उचित क्षतीपूर्ति र मानवभक्षी बाघ नियन्त्रणको माग गर्दै जगतपुर र घैलाघारीबासी आन्दोलित भएका छन् ।

आन्दोलनाकारीहरुले माडी भरतपुर सडक अन्तरगत घैलाघारी ९कसरा० गेट बन्द गरेका छन् । घैलाघारी गेटमा तालाबन्दी गर्दा माडीबाट भरतपुर जाने र भरतपुरबाट माडी भित्रिने सबै गाडीहरु घैलाघारी गेटमै रोकिएका छन् । घण्टौंदेखि गेटमै रोकिनुपर्दा माडी भित्रिने र माडीबाट बाहिरिने यात्रुहरुलाई भने हैरानी भोग्नुपरेको छ ।

यसअघि, मंगलबार अपरान्ह भरतपुर महानगरपालिका-२३ मा पर्ने घैलाघारी सामुदायिक वनमा चार जना निउरो टिप्न गएका थिए । उनीहरूमध्ये घैलाघारी बस्ने ५५ वर्षकी मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो । हाल चितवन राष्ट्रिय निकुञ्जमा बाघसंगै हात्तीको सन्त्रास समेत बढेको अवस्था छ ।

प्रतिक्रिया