एकै दिन २ हजार ३०० रुपैयाले घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?


काठमाडौँ – आइतबार सुनचाँदीको मुल्यमा उच्च गिरावट आएको छ । आज एकै दिन सुनको मुल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुनको मुल्य तोलाको ९३ हजार रुपैयाँ कायम गरेको छ ।

गत शुक्रबार तोलाको ९५ हजार ३०० रुपैयाँमा कारेबार भएको सुनको मूल्य घटेर आज ९३ हजार कायम भएको हो । तेजाबी सुनको भाउ पनि तोलामा २३ सय रुपैयाले नै घटेर ९२ हजार ५ सय कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर १२ सय ७० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको हो ।

प्रतिक्रिया