प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरिएको बयलगाडा प्रहरीले खोस्यो


काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युुष्टि पार्टी (नेकपा) का दाहाल–नेपाल समुहमा आवद्ध अनेरास्ववियूले अज (आइतबार) बयलगाडा प्रदर्शन गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमरिुद्ध आइतबार काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको हो।

अनेरास्ववियूको बयलगाडा गुडाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। ललितपुरको पाटनमा प्रहरीले बयलगाडा खोस्न खोजेपछि केहीबेर तनाव भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामाथि घात गरेको भन्दै उनीहरुले बलयगाडा प्रदर्शन गरेका हुन्। प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा बलिदानबाट प्राप्त संविधान विपरित हुने गरि संसद भंग गरिएको उनीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया