प्रधानमन्त्रीसँग काठमाडाैंका मेयर साहबीच भेट, सहायता गर्ने देउवाको प्रतिवद्धता


काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न आज बुधवार दिउँसाे बालुवाटार पुगेका साहले आफूले गर्न खोजेका कामको बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउँदै सहयोगको अपेक्षा राखेको बताए ।

देउवाले चमत्कारिक जितका लागि साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महानगरमा विजयी भएका कांग्रेसका जनप्रतिनिधिले पनि सहयोग गर्ने भन्दै देउवाले हर सहायता गर्ने मेयर साहलाई प्रतिवद्धता व्यक्त गरे ।

मेयर साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया