टायरको केही भाग विमानस्थलमै भेटिएपछि भद्रपुर उडेको बुद्ध एयर काठमाडौं नै फर्काइयो


काठमाडौं – भद्रपुरका लागि काठमाडौंबाट उडेको जहाज आकासबाटै काठमाडौं फर्किएको छ ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो ।

विमान सकुशल काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । अब प्राविधिक जाँच गर्ने प्रवक्ता सिटौलाले बताए ।

प्रतिक्रिया