५० यात्रु बोकेको विमान उडेलगत्तै बेपत्ता


जकार्ता । इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवहान विमान उडेलगत्तै बेपत्ता भएको छ।

द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।

देशको यातायात मन्त्रालयले खोजी कार्य सुरु भइसकेको जनाएको छ।

प्रतिक्रिया