आईजी नियुक्ति विवादः एआईजीको मुद्दा हेर्न नमिल्ने सूचीमा


काठमाडौं — नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा हेर्न नमिल्ने भएको छ ।

उक्त मुद्दा यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदनपनिसँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो ।

तत्कालीन डीआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंहविरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो ।

मंगलबार मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वरम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया