आईजी नियुक्ति विवादः न्यायाधीशद्वय श्रेष्ठ र चुडालको इजलासमा सुनुवाइ हुँदै


काठमाडौं — ज्येष्ठता मिचेर प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ।

उक्त सुनुवाई सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको इजलास हुने गरि तोकिएको छ ।

यसअघि सुस्मलता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको मिति तोकेकी थिइन्।

सरकारले १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

प्रतिक्रिया