काठमाडौंको गुह्यश्वरी खोलामा एक पुरुषको शव फेला


काठमाडौं – काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरी खोला किनारमा एउटा शव भेटिएको छ ।

खोला किनारमा घोप्टो परेको अवस्थामा एक युवाको शव भेटिएको काँडाघारी प्रहरीले जनाएको छ । उक्त शव कस्को हो भन्ने पहिचान नखुलेको प्रहरीको भनाइ छ ।

शव खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ तर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया