युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्का अधिकृत निलम्बन


काठमाडौं- इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक  कर्मचारीलाई निलम्बन गरिएको छ ।

परिषद्का तालिम अधिकृत विजयकुमार झाले शनिबार आफ्नै कार्यकक्षमा बोलाएर आफूलाई दुर्व्यवहार गरेको ती युवतीको आरोप छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै युवतीले दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि उनलाई निलम्बन गरिएको परिषद्का एक अधिकारीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र झामाथि थप कारबाही  प्रक्रियासमेत  अघि बढाइने ती अधिकारीले जानकारी दिए ।  झाले यसअघि २०७६ सालमा पनि महिला सहकार्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि उनलाई दुई महिना निलम्बन गरिएको थियो ।

प्रतिक्रिया