पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका आचार्य विजयी


पोखरा- पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य प्रमुखमा निर्वाचित भएका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उमेदवार बनाएको थियो ।

उपप्रमुखमा भने नेकपा (एमाले)की मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी ६० हजार ५४६ मतसहित निर्वाचित भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् । रानाभाट गुरुङभन्दा ३ हजार ८८३ मत पछि परिन्

प्रतिक्रिया