किन बद्लिदैछन् किम जोंग उन ?


सउल(बीबीसी)–उत्तर कोरियाका सरकारी मिडियाले त्यहाँका सर्वोच्च नेता किम जोंग उनले कुटनीतिक सम्बन्धलाई बढाउने कुरा गरेको र अन्तर कोरियाली सम्बन्धमा नयाँ शैली अपनाउने निर्णय लिएको जनाएका छन् । अमेरिकाका नयाँ राष्ट्रपतिको सपथ समारोह भन्दा दुई साता अघि नै उनले पार्टी बैठकको आयोजना गरेका थिए ।

सत्तारुढ वर्कस पार्टीको आठौं बैठक यस्तो समयमा भएको छ । जहाँ अमेरिकाको प्रतिबन्धबाट राहतको सट्टा उत्तर कोरियाको परमाणु र मिसाईल कार्यक्रम बन्द गर्ने विषयमा कुराकानी लामो समयसम्म रोकिएको छ ।

सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार यो बैठकको तेस्रो दिन अर्थात बिहीबार किमले दक्षिण कोरियासँगको सम्बन्धलाई वर्तमान स्थितिमा र बद्लिँदो अवस्थाको हिसाबले बनाउने विषयको मुद्दा उठाएका थिए । उनले विदेश नीतिमा चर्चा पनि गरेका थिए । केसीएनएका अनुसार उनले पार्टीको नीति तथा दिशा विदेशी सम्बन्धलाई बढाउन र विकसित गर्नमा केन्द्रीत हुने उल्लेख गरेका छन् । यहीकारण अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनमाथि उत्तर कोरिया र अमेरिकाकाबीच चलिरहेको गतिरोधलाई अन्त्य गर्ने प्रमुख जिम्मेवारी हुनेछ । सन् २०१९ मा राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच दोस्रो शिखर वार्ता कुनै सम्झौता विना नै टुंगिएको थियो ।

उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्रोफेसर यांग मू–जिनले किमले दक्षिण कोरिया र अमेरिको सम्बन्धमा अधिक सक्रिय भूमिका निभाउने कोशिस गरिरहेको दाबी गरे । सन् २०१७ मा इन्टरकन्टिनेन्टल बेलिस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण र ट्रम्पसँगको शिखर सम्मेलनका कारणले नै किममा आत्मविश्वास बढेको यांगको बुझाई छ । ‘यस्तो लाग्छ कि अहिले उनी बाइडन सरकारसँग कस्तो सम्बन्ध बनाउने भन्ने कुरामा विचार गरिरहेका छन्’, यांगले भनेका छन् ।

सन् २०१८ मा परमाणु र आईसीबीएम परीक्षणमा आफैं रोक लगाएपछि पनि उत्तर कोरियाले आफ्नो हतियारहरुलाई बढाउने काम जारी राख्यो र अक्टोबरको परेडमा आफ्नो सबैभन्दा ठूलो आईसीबीएम सार्वजनिक गरेको थियो । बुधबारमात्र किमले सैन्य क्षमतालाई उच्चस्तरमा लैजाने कुरा गरेका छन् । सन् २०१८ शिखर सम्मेलनको समयमा अन्तर–कोरियाली सम्बन्धमा केही हदसम्म बढोत्तरी भयो । तर परमाणु वार्ता रोकिएपछि पुनः सम्बन्धमा खटपट भएको थियो ।

प्योंगयांगले बाहिरी सूचनामा रोक लगाएको छ । गत महिना एक नयाँ कानून बनाएर प्रतिक्रियावादी विचार पैदा गर्ने विदेशी सामाग्रीलाई रोक लगाएको थियो ।

प्रतिक्रिया