यी हुन् ‘बलात्कारी संगठन’ चलाउने बस्नेत


काठमाडौं– ‘बलात्कारी संगठन’का नाममा बलात्कारलाई प्रश्रय दिनेगरी ग्रुप चलाउने प्युठानका १९ बर्षिय युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ ग्रुप खोलेर बलात्कारलाई सहयोग पुग्ने, लेख्ने कार्यमा संलग्न रहेको अभियोगमा साइबर अपराध ब्यूरोले नबीन बस्नेतलाई पक्राउ गरी कारबाहीको प्रक्रिया बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीसँगको समन्वयमा नवलपरासीबाट पक्राउ गरिएका बस्नेतलाई काठमाडौं ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिएका छन् ।

उक्त ग्रुपका विषयमा व्युरोले निगरानी राख्दै आएको थियो । बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट व्यापक गर्न थालिएपछि अनुसन्धान अघि बढाइएको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया