

भरतपुरको मतगणना पुनः सुचारु

चितवन – भरतपुर महानगरपालिकाको मतगणना पुनः सुचारु भएको छ ।
वडा नम्बर २७ को मतगणना सुरु गर्नुअघि नेकपा एमालेका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि केही बेर मतगणना रोकिएको थियो ।
एमाले प्रतिनिधि मतगणना स्थलमै प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
एमालेले आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गर्दै मतगणना बहिष्कार गरेकोले मतगणना केही बेर स्थगित भएको थियो ।
दलका प्रतिनिधिसँगको छलफलपछि वडा नम्बर २७ को मतगणना सुरुआत भएको निर्वाचन अधिकृतले जनाएका छन् ।

