
वनस्थलीमा स्कुटर दुर्घटना हुँदा किशोरको मृत्यु
काठमाडौं – काठमाडौंको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका–१६ वनस्थली चोकमा बा४ख ५७३९ नंको बस र बा ५७ प ३४४४ नंको स्कुटर एकआपसमा ठोकिएका थिए । गम्भीर घाइते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।



कागजपत्र |
