
पाेखरामा ३२७२ मतान्तरसहित गठबन्धनका आचार्य अगाडि
कास्की – पोखरा महानगरपालिकामा अहिलेसम्म ९२ हजार ५ सय ६१ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयर धनराज आचार्यले ३७ हजार १ सय २२ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८ सय ५० मत प्राप्त गरेका छन् । राप्रपाका शङ्कर खरालले ४ हजार २ सय २८ तथा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस ) ले २ हजार ४ सय ४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले ३७ हजार ५ सय ४५ मत तथा एमालेकी मञ्जुदेवि गुरुङले ३८ हजार ५ सय ७६ मत प्राप्त गरेका छन् ।



कागजपत्र |
