डोटीमा बस खस्यो, चारजना घाइते, एक बालक ‘बेपत्ता’


धनगढी- कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रीवहाक बस डोटीमा दुर्घटना भएको छ । शनिबार बिहान ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ ।

दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया