काठमाडौँ आइपुगिन् उपमन्त्री जिया


काठमाडौं – अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौँ आइपुगेकी छन्।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपमन्त्री जियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

भारतको हिमाञ्‍चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उनी शुक्रवार अपराह्न काठमाडौँ आइपुगेकी हुन्।

हिमाञ्चल प्रदेशमा अमेरिकी उपमन्त्री जियाले तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसँग भेट गरेकी थिइन्।

प्रतिक्रिया