कैलारीको ७ वटा वडा प्यानलसहित कांग्रेस विजयी, अध्यक्षमा दोहोरिए २ सम्धी


धनगढी – कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जीतको नजिक पुगेका छन् । प्रत्येक वडाहरूमा पुरै प्यानलसहित नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । हालसम्म गाउँपालिकाको वडा नं. १ देखि ७ सम्म कांग्रेसकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भएका हुन् ।

वडा नं. १ मा ध्वज बहादुर बोहरा, वडा नं. २ मा विकास चौधरी, वडा नं. ३ मा सन्तराम चौधरी, वडा नं. ४ मा ठागुराम चौधरी, वडा नं. ५ मा विष्णु प्रसाद चौधरी, वडा नं. ६ मा प्रेमबहादुर चौधरी र वडा न. ७ मा दीपेन्द्र बम निर्वाचित भइसेका छन् । उनीहरू सबै आफ्नो प्यानलसहित निर्वाचित भएका छन् ।

वडा नं. ५ र ६ मा निर्वाचित वडाध्यक्षबाहेक सबै नयाँ अनुहार हुन् । तर वडा नं. ५ का वडाध्यक्ष विष्णु प्रसाद चौधरी र वडा नं. ६ का वडाध्यक्ष प्रेमबहादुर चौधरी पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । आ-आफ्नो वडामा प्रभावशाली वडाध्यक्षको रुपमा ख्याति कमाएका उनीहरू नाताका हिसाबले एक अर्काका सम्धी पर्दछन् ।

९ वडा रहेको गाउँपालिकाको यो रिपोर्ट तयार पर्दासम्म वडा नं. ८ र ९ को नजिता आउँन बाँकी छ । गत निर्वाचनमा ५ वटा वडासहित नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो । बाँकी ४ वडामा कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया