२५ औं संशोधनको प्रयोगले हट्लान ट्रम्प ?


न्यूयोर्क(बीबीसी)–विश्वकै सबैभन्दा पुरानो र शक्तिशाली लोकतन्त्र मानिएको अमेरिकामा यो समय लोकतान्त्रिक प्रक्रियामा खतराको बादल मडारिएको छ । राष्ट्रपति ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डिसीस्थित क्यापिटल बिल्डिङभित्र पसेर हंगामा मच्चाए र यो क्रममा हिंसा पनि भयो ।

अमेरिकामा राष्ट्रपति चुनाव अघिदेखि लिएर चुनावको परिणाम आएपछिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार आफ्नो जीतको दाबी गरिरहेका छन् । चुनाव अघि उनले यदि आफूले चुनाव हारे सजिलै हार स्वीकार नगर्ने बताएका थिए । अब चुनावको नतिजा पछि र जो बाइडनको जितको आधिकारिक घोषणाको समय नजिकिदएपछि पनि ट्रम्प आफ्नो जिद्दीपनमा अडिग छन् । उनी पटक पटक चुनावमा धोकाधडी र धाँधली भएको दोहोर्याउदै आएका छन् । यद्यपि उनले आफ्नो दाबीलाई पुष्टि गर्नका लागि हालसम्म प्रमाण केही दिएका छैनन् । क्यापिटल बिल्डिङमा उत्पात र हिंसा हुँदा पनि ट्रम्प आफ्नो अडानमा अडिग छन् । विश्वभरमा ट्रम्पको रवैयाको आलोचना भइरहेको छ र अमेरिकाको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त भइरहेका छन् ।

एकातर्फ नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन २० जनवरीमा सपथ लिँदैछन् र दोस्रो तर्फ अमेरिकामा अप्रत्याशित अराजकताको माहौल शुरु भएको छ । यस्तो अवस्थामा के २० जनवरीमा ट्रम्पको कार्यकाल सकिनु अघि नै उनलाई हटाउन सकिन्छ ? भन्ने विषयमा बहस शुरु भएको छ । के ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संशोधनमा टेक्दै हटाउन सम्भव छ ? भन्ने प्रश्न पनि उब्जिएको छ । आम रुपमा हामी महाभियोगको प्रक्रियाबारे सुनिरहेका छौं, जसका माध्यमबाट अमेरिकी संसद राष्ट्रपतिलाई पदबाट हटाउन सक्छन् । त्यही २५ औं संशोधनको सहायताले राष्ट्रपतिलाई आफ्नै क्याबिनेटले उनलाई पदबाट हटाउन सक्छ ।

२५ औं संशोधनको किन आवश्यकता पर्यो ?

अमेरिकी संविधानसँग जोडिएको विषयमा काम गर्ने वेबसाइड कन्स्टिच्यूसन डेलीका अनुसार अमेरिकाको संविधानमा २५ औं संशोधनको आवश्यकता सन् १९६३ मा त्यो समयमा पर्यो, जुन समयमा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको अचानक हत्या भयो । उनको हत्यासँगै उपराष्ट्रपति लिण्डन जोनसन पनि घाइते भएको खबर आएको थियो । त्यसपछि अमेरिकामा शोकसँगै केही समयका लागि राजनीतिक संकटको अवस्था सिर्जना भयो । यद्यपि केनेडीको हत्याको दुई घण्टा भित्रै लिण्डन जोनसनले राष्ट्रपति पदको सपथ लिए । योसँगै अमेरिकी संविधानमा २५ औं संशोधनको शुरुवात भयो ।

केनेडीको हत्याको दुई वर्षपछि सन् १९६५ मा अमेरिकी संसदले २५ औं संशोधनको प्रस्ताव राख्यो र त्यसको दुई वर्षपछि सन् १९६७ मा यसले अनुमति पायो । यसभन्दा अघि अमेरिकी संविधानमा राष्ट्रपतिको अचानक मृत्यु, हत्या, राजीनामा वा उनको पद सम्हाल्नमा असमर्थता जनाउदा उनको उत्तराधिकारी को हुने भन्ने कुनै व्यवस्था थिए । २५ औं ंसंशोधनले यही विषयमा चर्चा गरेको छ ।

२५ औं संशोधनले के भन्छ ?

२५ औं संशोधनको सहयोगले राष्ट्रपतिलाई पदबाट हटाउनका लागि मन्त्रीमण्डललाई बहुमत र उपराष्ट्रपतिसँग मिलेर वर्तमान राष्ट्रपति आफ्नो कर्तव्य पालन गर्न चुकेको कुरामा हस्ताक्षर गर्नुपर्छ । २५ औं संशोधनको धारा ४ मा अमेरिकाको त्यो अवस्थाको बारेमा व्याख्या गरिएको छ, जहाँ जब कुनै राष्ट्रपति आफ्नो कार्यभार चलाउन असमक्ष छन् तर पद छोड्नका लागि अनिच्छुक छन् ।

कस्तो छ राष्ट्रपति हटाउने प्रक्रिया ?

मन्त्रीपरिषदको बहुमत र उपराष्ट्रपतिको मञ्जुरीसँगै पत्रमा हस्ताक्षर पछि उपराष्ट्रपतिलाई कार्यकारी राष्ट्रपति बनाइन्छ । यो प्रक्रियामा राष्ट्रपतिलाई पनि लिखित रुपमा आफ्नो बचाउ गर्नका लागि एक पटक मौका दिइन्छ । यद्यपि यदि राष्ट्रपतिले आफ्नो बचाउमा यो निर्णयलाई चुनौति दिन्छन् भने यसको अन्तिम निर्णय मन्त्रीपरिषदले नै गर्छ ।

सत्ता हस्तान्तरणका लागि अगाढि बढ्नु अघि सिनेट र प्रतिनिधि सभामा दुई तिहाई बहुमतको भोटिङ सूत्र अपनाइन्छ । यो बीचमा उपराष्ट्रपति कार्यकारी राष्ट्रपतिका रुपमा आफ्नो काम जारी राख्छन् । अहिले अमेरिकामा २५ औं संशोधनको विषयलाई लिएर तिब्र चर्चा भइरहेको छ । यदि यसको उपयोग भयो भने डोनाल्ड ट्रम्प अमेरिकी इतिहासको यस्ता पहिलो राष्ट्रपति हुनेछन्, जसलाई संविधानको २५ औं संशोधनको प्रयोग गर्दै हटाइनेछ । किनकी यसअघि अमेरिकाको कुनै पनि राष्ट्रपतिलाई यस्तो गरिएको थिएन ।

प्रतिक्रिया