भरतपुरमा रेनुकाे अग्रता कायम, विजय ३५५ मतले पछि


चितवन – भरतपुर महानगरपालिकामा मेयर पदका लागि भएको निर्वाचनको मत गणनामा गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् ।

मत गणना सुरु भए पछि रेनुले पहिलो पटक आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीलाई ३ सय५ ५  मतले पछाडि पारेकी छिन् ।

भरतपुरमा नै भुइँकटहर चिह्नबाट मेयरमा लडेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ३ हजार ५ सय ६२ मत कटाएका छन् । २१ हजार ५ सय ९२ मत गन्दा रेनुले ७ हजार ३ सय ५१ मत ल्याएकी छिन् । सुवेदीले ७०२८ मत ल्याएका छन् । पौडेलले ३ हजार ५ सय ६२ मत ल्याएका छन् ।

उपमेयरमा चित्रसेन अधिकारी अगाडि छन् । नेपाली कांग्रेसका अधिकारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनले ८ हजार ९ सय ६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले ५ हजार ८ सय ३ मत ल्याएकी छिन् ।

प्रतिक्रिया