देशभरका जिल्ला प्रहरी कार्यालयलाई गृहमार्फत आयोगको निर्देशन


काठमाडाैं – निर्वाचन आयोगले मतगणना कार्यमा कानुन विपरीतका गतिविधि गर्ने व्यक्तिहरूलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारवाही गर्न गृह मन्त्रालय मार्फत ७७ जिल्लाका सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । सो सम्बन्धी जानकारी प्रहरी प्रधान कार्यालयलाई दिने पनि आयोगले निर्णय गरेको छ ।

मतदान स्थलमा प्रवेश गरेका विभिन्न व्यक्तिहरूले अनावश्यक वादविवाद गर्ने, मतदानमा अवरोध सिर्जना गर्ने, मतपेटिका खोस्ने, मतपेटिका तथा मतपत्र नष्ट गर्ने, मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने, हुलदङ्गा सिर्जना गर्ने, ढुङ्गामुढा गरी असामान्य स्थिति सिर्जना गर्ने, हातहतियार सहित मतदान केन्द्रमा प्रवेश गर्ने, मतदान केन्द्रको अनधिकृत कब्जा गरी एक पक्षीय रूपमा मतदान गर्ने आदि जस्ता निर्वाचन सम्बन्धी कसूरजन्य कार्यहरूमा संलग्न भएका र मतगणना कार्यमा उल्लिखित कसूरमा संलग्न हुने व्यक्तिहरूलाई कारबाही गर्न आयोगले भनेको हो । शुक्रबार आयोगले निर्वाचन सम्पन्न गरेको थियो ।

प्रतिक्रिया