बझाङको दुर्गाथलीमा माओवादीका दिलबहादुर विजयी


काठमाडाैं – बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापा विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका उनी २ हजार ८३४ मतले ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार दलबहादुर धामीले १ हजार ८१६ मत मात्रै प्राप्त गरेका छन् ।

२०७४ मा यहाँ एमालेले गाउँपालिका अध्यक्ष जितेको थियो ।

प्रतिक्रिया